शनिबार, वैशाख १२, २०८३

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई

मेरोन्यूज २०८१ असोज ४ गते १३:३४

काठमाडौं। नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिइएको छ। अध्यक्ष केपी शर्मा ओली कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका लागि त्यसतर्फ गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई दिइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

Advertisement
NiccNicc

गौतमका अनुसार अध्यक्ष ओलीले संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवासचन्द्र नेम्वाङलाई दिएका छन्।

अध्यक्ष ओली गएराति ११:०० बजे पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, उनका स्वकीय सचिव राजेश बज्राचार्यसहित कम्बोडिया प्रस्थान गरेका छन्। ओली यही साउन ८ गते स्वदेश फर्किनेछन्।

प्रतिक्रिया