मितेरी सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदीय छानबिन विशेष समितिले मितेरी बचत तथा ऋण सहकारीमा भएको रकम हिनामिनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार सार्वजनिक प्रतिवेदन अनुसार बचकर्ताबाट संकलन भएको १२ करोड ४४ लाख बढी रकम तत्कालीन महाप्रवन्धक ज्योति गुरुङले हिनामिना गरेको सहकारीको आन्तरिक छानबिनबाट देखिएको छ । यो रकमको ब्याज समेत जोड्दा हाल १४ करोड ८१ लाख बराबर हुन्छ ।
संसदीय समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङलाई बोलाएर सोधपुछ गरेको थियो । संसदीय समितिले यसबारे छानबिन गरी कारबाही अगाडि बढाउन समितिले निर्देशन दिएको छ ।
सहकारीको तर्फबाट धनराज र ज्योती गुरूङविरुद्द प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौडामा उजुरी परेको छ । उक्त उजुर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा आएको उल्लेख गर्दै समितिले थप अनुसन्धान छिटो गरी कानुनी कारबाही अगाडि बढाउन समिति निर्देशन दिइएको छ ।
ज्योती गुरुङ्गलाई खोजी गरी उपलब्ध गराइदिन गृह मन्त्रालयमा समितिले पत्राचार गरेको थियो ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
सामसङ इनोभेसन क्याम्पसले एआई–बिग डेटा कार्यक्रम सम्पन्न, नयाँ कोडिङ–प्रोग्रामिङ ब्याच सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया