‘नातिनातिनासँगै विद्यालय जान्छन् हजुरआमाहरू’

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका गाउँकी ७८ वर्षीया धनकुमारी राईले स्थानीय सरस्वती माध्यमिक विद्यालयको कक्षा–१ मा अध्ययन गर्न थालेकी छिन् । वाल्यकालमा विवाह भएपछि शिक्षाबाट वञ्चित उनी अहिले नातिनातिनीको उमेरका बालबालिकासँगै बसेर पढ्न थालेकी हुन् ।
पाँच छोराछोरीका गरी २१ जना नातिनातिनीका हजुरआमा धनकुमारी सोही माध्यमिक विद्यालयको बाल विकास केन्द्रमा अध्ययनरत नातिनी परिशा राईसँगै झोलामा किताब, कापीसहित शैक्षिक सामग्री बोकेर विद्यालय जाने गछिन् ।
मोबाइल फोन चलाएर सामाजिक सञ्जाल हेर्ने धोको पूरा गर्न विद्यालय भर्ना भई नियमित अध्ययन गर्न थालेको उनले बताइन् । “सानै उमेरमा विवाह भएपछि विद्यालय जान पाइएन । अहिले पढ्ने धोको पूरा गर्न विद्यालय भर्ना भएकी छु”, उनले भनिन्, “ढिलै भए पनि पढाइलाई दैनिकी बनाउँदा खुसी लागेको छ ।”
धनकुमारीसँगै पाथेका गाउँकी ५२ वर्षीया पुजन दर्जी पनि सोही विद्यालयमा कक्षा–१ मा भर्ना भएकी छिन्। तीन सन्तानकी आमा उनले बाल विकास केन्द्रमा अध्ययनरत नातिनी स्नेहासँग विद्यालयमा जाने गर्छिन ।
वाल्यकालमा पढ्ने चाहना भए पनि पूरा नभएपछि अहिले विद्यालय भर्ना भएको पुजनले बताइन्। “सानो हुँदा पढ्ने चाहना भए पनि बुबाआमाले दिनुभएन्”, उनले भनिन्, “नपढेपछि जिन्दगी अन्धकार हुँदो रहेछ । अहिले पढ्ने सपना पूरा गर्ने अवसर मिलेको छ । छोराछोरीले पनि साथ दिएका छन् ।”
वाल्यकालमा पढ्न नपाएपछि मोबाइल चलाउनदेखि सामाजिक सञ्जाल हेर्न पनि नसकेको पुजनले दुखेसो गरिन्। “लेख्न, पढ्न जानियो भने मोबाइल चलाउन सकिन्छ भन्ने लागेको छ”, उनले भनिन्, “छोरा विदेशमा छन् । उनीहरुसँग कुरा गर्न मन लाग्छ । पढेपछि यस्ता स–साना कामका लागि कसैलाई गुहार्नु पर्दैन ।”
हजुरआमा समानका धनकुमारी र पुजनले बुढेसकालमा उच्च मनोबलका साथ नियमिक विद्यालय आएर पढ्ने गरेका विद्यालयका प्रधानाध्यापक उत्रप्रसाद राईले बताए । “उहाँहरु बुढेसकालमा पनि नियमित विद्यालय आएर अध्ययन गरिरहनुभएको छ”, उनले भने, “यसले महिलाको साक्षरता वृद्धि हुने विश्वास लिएका छौँ ।”
धनकुमारी र पुजन नेपाली अक्षरदेखि अङ्ग्रेजीमा केही शब्द भन्न र लेख्न सक्ने भएको प्रअ राईले उल्लेख गरे । उनीहरुको पढाइप्रतिको इच्छाशक्तिले अरुलाई पनि हौसला दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हात्तीराम राईले बताए ।
विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयमा अहिले तीन सय ३२ जना विद्यार्थी अध्ययनरत छन् । भौगोलिक रुपमा विकट र विद्यार्थीको सङ्ख्या पर्याप्त नभएकाले चन्दा सङ्कलन गरेर ११ को कक्षा सञ्चालन गरिएको सञ्चालक समितिका संयोजक धनप्रसाद गिरीले जानकारी दिए ।
कक्षा १२ सम्मको अनुमति पाएको विद्यालयमा शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायको अध्यापन हुँदै आएको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया