‘हाँडिगाउँ क्षेत्रको संरक्षणमा तीनै तहका सरकारले ध्यान दिन जरुरी छ’

काठमाडौँ । संस्कृतिविद् जगमान गुरुङले हाँडिगाउँँ क्षेत्रको संरक्षण तथा अनुसन्धानमा ध्यान पु¥याउन तीन तहकै सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभएको छ ।
काठमाडाैँ महानगरपालिका–५ हाँडिगाउँमा कैलाशकूट सामाजिक अभियानको साधारणसभाको आज उद्घाटन गर्दै उनले लिच्छविकालका तीनवटा प्रमुख दरबार मानगृह, भद्रादिवास र कैलाशकूटमध्ये हाँडिगाउँस्थित कैलाशकूटको महत्व अझ धेरै रहेको बताए ।
संस्कृतिविद् गुरुङकानुसार तीन खण्ड र सात तल्ला रहेको ऐतिहासिक कैलाशकूट भवनको एउटै सभाकक्षमा १० हजार मानिस बस्न सक्ने र यही दरबारबाट अंशु वर्माले शासन गरेका थिए ।
उनले हाँडिगाउँ, मालिगाउँ र धुम्रवराहको प्राचीन अभिलेख सङ्कलन गरी सङ्ग्रहालय स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए ।
प्राडा प्रयागराज शर्माले इतिहास, सम्पदा र जात्रा पर्वका आधारमा हाँडिगाउँ नेपालकै प्राचीन र ऐतिहासिक स्थल रहेको बताए । उनले पुरातात्विक प्रमाणका आधारमा प्राचीन मूर्ति, अभिलेख र कैलाशकूट दरबारको ख्याति हाँडिगाउँले प्राप्त गरेको धारणा राखे।
काठमाडौँ महानगरपालिका-५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिले महानगरपालिकाले हाँडिगाउँलाई जीवन्तता दिन अभियान सुरु गरेको जानकारी दिए । उनले सम्पदा, संस्कार र पहिचान चिनाउन विगत एक वर्षदेखि हाँडिगाउँ क्षेत्रमा सडक महोत्सव सुरु गरिएको बताए ।
महानगरले सार्वजनिक जग्गा खोजी गरी वडावासीको हितमा प्रयोग गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेकाले लिच्छविकालिन सम्पदा रहेको हाँडिगाउँ क्षेत्रको विकासका लागि सबैको सहयोगका लागि प्रजापतिले आग्रह गरे ।
वरिष्ठ पत्रकार मोहन मैनाली र कैलाशकूट सामाजिक अभियानका अध्यक्ष महेशकुमार श्रेष्ठले ‘सबैलाई माया गरौँ सबैको सेवा गरौँ’ भन्ने उद्देश्यका साथ अभियानले कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
त्यसअवसरमा विसं २०१० देखि बाजागाजा संरक्षणमा सक्रिय रामदास महर्जनलाई नगदसहित सम्मान गरिएको थियो ।













जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न, नेपालगञ्जकी बूढाले जितिन् जापान भ्रमणको अवसर
बुढानीलकण्ठमा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु
युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँः प्रधानमन्त्री कार्की
सानिमा रिलायन्सद्वारा इलामको पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया