‘चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप’ उपाधि भ्याली भ्यु स्कुललाई

काठमाडौं । कीर्तिपुर बास्केटबल एसोसिएसनले आयोजना गरेको ‘चौथो होम एन्ड अवे बास्केटबल च्याम्पियनसिप’को उपाधि मध्य बानेश्वरस्थित भ्याली भ्यु स्कुलले जितेको छ।
संविधान दिवस अवसर पारेर स्वर्णिम स्कुल डल्लुमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा भ्याली भ्यु स्कुलले पुष्पसदन बोर्डिङ स्कुललाई ७५–६५ को स्कोरले पराजित गर्दै उपाधि हासिल गरेको हो।
भ्याली भ्यु स्कुलका खेलाडी गणेश बिष्टले फाइनल खेलमा एक्लैले ३९ स्कोर गर्दै ‘म्यान अफ द म्याच’को ट्रफी हात पार्न सफल भए। भ्याली भ्यु स्कुलका बास्केटबल कोच अजित महर्जन र इची महर्जनले स्कुलमा बास्केटबलको नियमित प्रशिक्षणको व्यवस्था भएका कारण राम्रा खेलाडी उत्पादन भइरहेको र च्याम्पियनसिपको उपाधिसमेत जित्न सकिएको प्रतिक्रिया दिएका छन्।
च्याम्पियनसिपमा दोस्रो स्थान पुष्पसदन बोर्डिङ स्कुल र तेस्रो स्थान स्वर्णिम स्कुलले हात पारेका छन्। कीर्तिपुर बास्केटबल एसोसियसनले हरेक वर्ष विद्यालय स्तरको प्रतियोगिता आयोजना गर्दै आएको छ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
प्रतिक्रिया