धनगढीका मेयर गोपाल हमालले किने स्काइवेलको प्रिमियम विद्युतीय एसयूभी

काठमाडाैं । धनगढी उप-महानगरपालिकाका स्वतन्त्र निर्वाचित मेयर गोपाल हमालले स्काईवेलको प्रिमियम एसयूभी खरिद गरेका छन्।
भदाैमा सम्पन्न नाडा अटो शो २०२४ मा मेयर हमालले पनि स्काइवेलको ईभी एसयूभी बुकिङ गरेका थिए । हमालको उक्त बुकिङलाई जी मोटर्सका एजीएम नवीन फुयाँल र सेल्स अफिसर शिरिष श्रेष्ठले धनगढी नै पुगेर नेपाल कै सर्वाधिक रेन्ज ६२० किलोमिटर दिने स्काइवेलको प्रिमियम ईभी डेलिभरी गरेको कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालले जानकारी दिए।
नाडाका दौडान बुकिङ गर्नेलाई जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि स्पेसल मूल्य ४१० किमि, बीई११ को ७५.९० लाख, बीई११ ५२० किमिको मूल्य ८५.९० लाख तथा ईटी५ को मूल्य १.१० करोड कायम गरेको थियो।
मेयर हमालले नाडा अटो शोमा उपलब्ध ईभीमा स्काइवेल कै प्रसमियम र लङ रेन्ज रोज्नुको कारण चाहिँ नेपालको बाटोमा १ सय ९७ एमएम ग्राउन्ड किल्यरेन्स भएको, सबैभन्दा बढी रेन्ज दिने र धेरै सुविधा सम्पन्न जिप त्यो पनि ईभी मै प्राप्त तथा युरोपियन बजारमा अब्बल बिक्री रहेको गुणस्तरयुक्त भएकोले रोजेको बताएका थिए।
आगामी दिनमा स्काइवेलका १ सय ५० किलोवाट पावर र उच्च ग्राउन्ड क्लियरेन्स भएको यस प्रिमियम ईभीले नेपाली बजारमा सकारात्मक प्रभाव प्रदान गर्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ।
हाल नेपालमा ४० वटा भन्दा बढी स्काइवेलका ईटी ५-६२० किमि प्रिमियम विद्युतीय एसयूभी बिक्री भइसकेका छन् भने नाडामा १ सय २६ र त्यस पछिका बुकिङ गरेर १५० भन्दा बढी बुकिङ रहेको छ। ईटी५, बीई ११ मोडेलमा हाल कम्पनीसँग ६२०, ५२० र ४१० किमि रेन्जमा उपलब्ध रहेका छन्।
नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काइवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु-भागमा सहजै यात्रा गर्न सक्ने छन्।
स्काइवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया