बागलुङमा गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
मेरोन्यूज
२०८१ असोज ६ गते ११:५५

बलेवा (बागलुङ) । प्रसूति व्यथा लागेकी एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बागलुङको तमानखोला गाउँपालिका-१ बोङ्गादोभानकी २० वर्षीया गर्भवती सुनिला विकको हेलिकप्टरमार्फत उद्धार गरिएको जनाएको छ ।
शनिबार साँझ व्यथा लागेपछि स्थानीय स्थास्थ्य संस्थाको सल्लाहमा विकलाई परिवारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । स्वास्थ्य केन्द्र आउने बेला सामान्य व्यथा लागे पनि आज बिहानदेखि एक्कासी रक्तचाप बढ्ने र शरीर काप्ने, बेहोस भएपछि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको स्वास्थ्य केन्द्रका डाक्टर नवीन्द्र ढकालले बताए।
उच्च रक्तचापको औषधि चलाउँदा शरीर काँप्ने बेहोस हुने र बच्चाको समेत मुटुको चालमा समस्या देखिएपछि सुत्केरी गराउन सम्भव नभएको डा ढकालले बताए।
सम्बन्धित













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया