वृद्ध सासुको हत्या गरेकाे आराेपमा ज्वाईँ पक्राउ
मेरोन्यूज
२०८१ असोज ६ गते १३:१८

माेरङ । मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या गरेको आशंका गरिएका ज्वाईँ पक्राउ परेका छन् ।
करिव ६० वर्षका तामाङको हिजो बिहान घरमै हत्या भएको अवस्थामा शव फेला परेको थियो । हत्या पश्चात उनका ज्वाईँ रविन राई फरार रहेका थिए । ज्वाईँ फरार भएपछि उनैले तामाङको हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको थियो ।
फरार रहेका राईलाई प्रहरीले आज धनकुटाको साँगुरीगडी गाउँपालिका स्थित मुलघाटबाट पक्राउ गरेको जनाएको छ । मुलघाटबाट राईलाई पक्राउ गरेको र हत्या उनैले गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालले जानकारी दिए।
सम्बन्धित










ओलीलाई शुभकामना दिँदै विद्या भण्डारीले भनिन् – पार्टी एकतालाई सुदृढ बनाउने विश्वास लिएको छु
एमालेले महाधिवेशन गरेकाे भृकुटीमण्डपमै प्रचण्ड नेतृत्व नेकपाले आज सभा गर्दै
तरकारीको आजको मूल्य : आलुको मूल्य सस्तियो
राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
प्रतिक्रिया