बुधबार, वैशाख १७, २०८२

आशा लघुवित्तले प्रस्ताव गर्‍याे १५ प्रतिशत लाभांश

मेरोन्यूज २०८१ असोज ६ गते १४:४५

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । असोज ६ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

यस वर्ष कम्पनीले ९ करोड ६२ लाख ४२ हजार ४०० रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । आर्थिक वर्ष ०७९÷८० को लागि कुनै पनि लाभांश वितरण नगरेको कम्पनीले यस वर्ष भने लगानीकर्तालाई लाभांश वितरण गर्ने तयारी गरेको हो । 

यस अघि आर्थिक वर्ष ०७८÷७९ सम्मको सञ्चित मुनाफाबाट कम्पनीले १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७१ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशतनै लाभांश वितरण गरेको थियो । यस वर्षको प्रस्तावित लाभांश कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्नेछ ।

प्रतिक्रिया