आशा लघुवित्तले प्रस्ताव गर्याे १५ प्रतिशत लाभांश

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । असोज ६ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस वर्ष कम्पनीले ९ करोड ६२ लाख ४२ हजार ४०० रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । आर्थिक वर्ष ०७९÷८० को लागि कुनै पनि लाभांश वितरण नगरेको कम्पनीले यस वर्ष भने लगानीकर्तालाई लाभांश वितरण गर्ने तयारी गरेको हो ।
यस अघि आर्थिक वर्ष ०७८÷७९ सम्मको सञ्चित मुनाफाबाट कम्पनीले १४ दशमलव २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ७१ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशतनै लाभांश वितरण गरेको थियो । यस वर्षको प्रस्तावित लाभांश कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्नेछ ।

















चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया