बिहीबार, चैत ५, २०८२

ज्योति विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात प्रदान

मेरोन्यूज २०८१ असोज ६ गते १८:०१

काठमाडौँ । ज्योति विकास बैंकले ई–नेबल नेपाल नामक संस्थासँगको सहकार्यमा ६ जना बालबालिकालाई थ्रिडि प्रिन्टेड कृत्रिम हात हस्तान्तरण गरेको छ। आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत बैंकले उक्त कार्य गरेको हो।

Advertisement
nepal life insurencenepal life insurence

ई(नेबल नेपालको कार्यालय परिसरमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकले उक्त कृत्रिम हातहरु ६ जना आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको छ । प्रदान गरिएका कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ। हालसम्म बैंकले यस्ता कृतिम हातहरु २६ जना बालबालिकालाई प्रदान गरि उनीहरुको जीवन रुपान्तरण गर्न सहयोग गरिसकेको छ।

ज्योति विकास बैंकले आफ्नो १६औ वार्षिकोत्सवको अवसरमा ई(नेबल नेपालसंग सहकार्य गरी १६ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो। उक्त सहकार्य सम्झौता अनुरुप पहिलो चरणमा जम्मा ६ जना बालबालिकाहरुलाई कृत्रिम हात प्रदान गरिएको छ। थ्रिडि प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हातहरु हलुका हुनुको साथै औंलाहरू चलाउन पनि मिल्ने तवरले इञिनियरिङ गरिएको छ।

संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ। आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ।

स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हरेक वर्ष ४६ वटा यस्ता उपकरणमार्फत करिब १६८० भन्दा बढी नेपाली शिशुहरुलाई यो सुविधा उपलब्ध गराई वहाँहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ। साथै हालसम्मको योगदानले करिब ८५०० भन्दा बढी शिशुहरु प्रत्यक्ष रुपमा यस सेवाबाट लाभान्वित भएका छन्। यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।

प्रतिक्रिया