पर्यटन प्रवर्धन गर्न योगा महोत्सव

काठमाडौं । नेपालमै पहिलो पटक योगा महोत्सव हुने भएको छ। होटल एसोसिएन अफ नेपाल (हान), नेपाल योगा उत्सवले पोखरास्थित पूर्ण सेन्टरमा अक्टुबर १६ तारिखदेखि १९ सम्म महोत्सव सञ्चालन गर्न लागेको हो।
होटल संघका अध्यक्ष विनायक शाहले योगा र पर्यटन क्षेत्रसँगै अगाडि बढाउँदा मुलुकको समग्र पर्यटन क्षेत्र थप गतिशिल हुने बताए। ‘योगा विज्ञको सहकार्यमा पहिलो पटक पोखरामा योगा महोत्सव आयोजना गर्न लागेका हौं ’, अध्यक्ष शाहले भने, ‘नेपाल आफैँमा आध्यात्मिक गन्तव्य भएकाले विदेशबाट योगाकै लागि आउने पर्यटकलाई थप आकर्षित गर्न सक्ने आशा लिएका छौं।’
उनले निकट भविष्यमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको योगा पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको बताए। आयोजक लता तुलाचनले नेपाल प्राकृतिक रुपमा हिमालदेखि तराईसम्म योगाका लागि प्रचुर सम्भावना बोकेको देश रहेको बताएका छन्। योगासँगै वेलनेस पर्यटनले मुलुकको समग्र पर्यटनमा महत्त्वपूर्ण योगदान दिने उनले बताए।
महोत्सवमा १५ जना विदेशी कलाकार र प्रस्तोताको सहभागिता रहने छ। संघका अनुसार योगाका लागि प्रतिदिन नेपालीलाई ३००० रुपैयाँ र विदेशी पर्यटकका लागि ६ हजार ५०० रुपैया शुल्क निर्धारण गरिएको छ। महोत्सव आयोजनाको अनुमानित लागत ४५ लाख रहेको जनाइएको छ।
योगा प्रशिक्षक मनोहर श्रेष्ठले योगा र पर्यटनसँगै अगाडि बढाउँदा मुलुककै पर्यटन प्रवर्द्धन हुने बताए। कोभिडपछि विश्वभर योगाको महत्त्व अत्यधिक वृद्धि भएसँगै उक्त माग नेपालमा पनि रहेकाले महोत्सव आयोजना गर्न लागिएको उनले बताए।
यसअघि योगा ट्रेक सञ्चालन गरिसकेको उनले जानकारी दिए। ‘योगा भन्ने वित्तिकै भारतबाट आएको भन्ने भाश्य छ। तर, योगा सबै मानवमा छ,’ उनले भने, ‘कोभिडपछि अधिकांश मानिसमा आएको चिन्ता, नैराश्यता नियन्त्रणमा योगाले महत्त्वपूर्ण भूमिका खेलेको पाइएको छ।’ मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा योगा पर्यटन गन्तव्यमा प्रवर्द्धन गर्नु मूल उद्देश्य रहेको आयोजकले जनाएको छ।
शेफ असोसिएसनका निवर्तमान अध्यक्ष श्याम लामाले महोत्सवमा खाना नै जीवन हो अवधारणामा रैथाने परिकार पस्किने बताए। ‘हामीले पोखरालाई पर्यटकीय गन्तव्य मात्र मान्दै आएको छौं,’ लामाले भने ‘महोत्सवमा गण्डकी प्रदेशमा मात्र उपलब्ध भएका खाद्य सामग्री प्रयोग गरेर विभिन्न ५० थरी साकाहारी परिकार पस्किने योजना छ।’

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया