आर्सनलसँग हारबाट जोगियो म्यानचेस्टर सिटी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र आर्सनल बराबरी खेलेका छन् ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले खेलको अन्तिम मिनेटमा गोल गर्दै आफुलाई हारबाट बचाएको हो । दुवै क्लब २-२ को बराबरीमा रोकिएपछि एक एक अंक बाँडेका थिए । खेलको इन्जुरी समयको ९७औं मिनेटमा सिटीले गोल गर्दै खेल बराबरी गरेको थियो ।
सिटीका लागि जोन स्टोन्सले बराबरी गोल गरेका थिए । त्यसअघि सिटीका लागि इर्लिंग हलाण्डले पहिलो गोल गरेका थिए । त्यसैगरी आर्सनलका लागि रिकार्डो कालाफिओरी र गाब्रियल मागलहाएजले एक एक गोल गरेका थिए ।
त्यस्तै आर्सनलका लीन्द्रो ट्रोसार्डले पहिलो हाफको अन्त्यमा दोहोरो पहेलो कार्ड पाउदै मैदान छोडेपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो ।
यो बराबरीपछि म्यानचेस्टर सिटीको ५ खेलमा १३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम छ । त्यसैगरी आर्सनलको ५ खेलमा ११ अंक छ र लिगमा चौथो स्थानमा रहेको छ ।
















जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया