फुर्सदमा विपुलले लेखे, ‘बोल… मन खोल’ (भिडियोसहित)
काठमाडौं । पत्रकार तथा गीतकार बिपुल पोख्रेलले आफ्नै शब्द रचनामा नयाँ गीत ल्याएका छन्। तीन दशकयता दाङबाट पत्रकारिता गर्दै आएका उनी नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष पनि हुन्।
उनको शब्द रचनामा ‘बोल‘ मन खोल‘’ बोलको गीतमा सञ्चारकर्मी देवेन्द्र बस्नेतले स्वर दिएका छन्। जीवन, जगत र मानवीय दर्शन झल्किने यी गीतका शब्दहरूमा बरिष्ठ संगीतकार सन्तोष श्रेष्ठले संगीत भरेका छन्।
यसअघि पनि पोखरेलले आधा दर्जनजति गीतका शब्दहरू लेखिसकेका छन्। हालैमात्र उनले महासंघको अध्यक्षबाट राजीनामा दिएका थिए। त्यसलगत्तै उनले नयाँ गीत लेखेका हुन्। गीतमा भिडियो संयोजन अर्का सञ्चारकर्मी सुदन थापाले गरेका छन्।
बेला बेला गीतहरू लेखेर नयाँ नयाँ प्रतिभाहरूलाई अवसर दिने गरेको उनी बताउँछन्। माओवादी सशस्त्र युद्धका बेला ६० को दशकतिर पनि उनले धेरै गीतहरू लेखेका थिए। त्यसबेला पनि मोफसलकै नयाँ गायकहरूलाई उनले ती गीतहरू गाउन दिए। त्यो बेला तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नै हातमा लिएका थिए। पोख्रेल त्यतिबेला घोराहीबाट प्रशारण हुने रेडियो स्वर्गद्वारीमा समाचार सम्पादक थिए। दरबारको आदेशमा स्थानीय प्रशासनले सञ्चारमाध्यममा समेत समाचार प्रशारणरप्रशारणमा रोक लगाएको थियो।
‘म आफैमा व्यावसायिक गीतकार त होइन कहिलेकाहिँ लेख्नेगर्छु। आफूलाई फुर्सदको गीतकारका रुपमा लिन्छु’ उनी भन्छन् ‘यो आफ्नो रहर पनि होला र नयाँ प्रतिभाहरूलाई अवसर पनि सिर्जना गर्ने हिसावले गीतहरू लेख्दै आएको छु। त्यतिबेला पनि फुर्सद थियो, अहिले पनि फुर्सदमै छु।’
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया