शुक्रबार, चैत ६, २०८२

नेप्सेकाे सुझाव : सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु

मेरोन्यूज २०८१ असोज ७ गते १५:०१

काठमाडौ । नेपाल स्टक एकसचेन्ज (नेप्से) ले जथाभावी विश्लेषकको पछि लागेर लगानीको निर्णय नगर्न सर्बसाधारणलाई आग्रह गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार नेप्सेले सूचना जारी गर्दै कुनै पनि व्यक्तिलाई विश्लेषकको रुपमा दर्ता वा मान्यता प्रदान नगरेको स्पष्ट गर्दै सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी गर्नु जोखिम हुने बताएको हो ।

नेप्सेले सूचनामा भनेको छ, ‘फेसबुक, ट्विटर, क्लब हाउस जस्ता सामाजिक सञ्जाल वा आमसञ्चारमाध्यममा त्यस्तो विश्लेषकको नाममा आउने विश्लेषणलाई आधार बनाएर लगानी गर्नु जोखिम हुन्छ ।’

साथै नेप्सेले बुझेर मात्र लगानी गर्दा जोखिमबाट बच्न सकिने बताएको छ । 

प्रतिक्रिया