दसैँ, तिहार र छठको अवसरमा भाटभटेनीमा छुटैछुट योजना, कुन सामानमा कति छुट ?

काठमाडौं । भाटभटेनी सुपरमार्केटले दसैँ, तिहार तथा छठ पर्वको अवसर पारेर देशभरि रहेका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान गर्ने भएको छ। यो योजना असोज १७ गतेदेखि कात्तिक २२ गतेसम्म लागु रहनेछ।
भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
त्यसै गरी किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट प्रदान गर्न लागिएको छ।
रेडिमेड गार्मेन्टमा पनि भारी छुटको व्यवस्था गरिएको भाटभटेनीले जनाएको छ। सबै प्रकारका रेडिमेड तथा जुत्तामा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ भने निर्धारित वस्तुमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।
त्यसैगरी अन्तराष्ट्रिय ब्राण्डका रेडिमेड आइटम तथा जुत्तामा ७० प्रतिशतसम्म छुट दिन लागिएको छ।
चामल, दाल, चना, चिउरा, तेल, चिनी, चियालगायतका खाद्यान्नमा भारी छुट दिन लागिएको भाटभटेनीले जनाएको छ।
जिरा मसिनो स्टिम चामल २ हजार २ सय २० रूपैयाँमा प्रदान गर्न लागिएको छ। अफर अवधिभर यही मूल्यमा जिरा मसिनो चामल प्राप्त गर्न सकिनेछ। त्यसैगरी प्रिमियम सोना मनसुली २५ केजीको बोरा चाडपर्व अफरमा १ हजार ६ सय ४० रूपैयाँमै प्राप्त गर्न सकिने भएको छ। यो अफर योजनामा लङग्रेन चामल २० केजीको ३ हजार २ सय २५ रूपैयाँमा उपलब्ध गराउन लागिएको भाटभटेनीले जनाएको छ।
त्यसैगरी मुसरको दाल प्रतिकेजी १ सय ४८ रूपैयाँ, मासको दाल प्रतिकेजी २ सय १३, रहरको दाल प्रतिकेजी २ सय ८८ रूपैयाँ, मुंगको दाल प्रतिकेजी १ सय ६७ रूपैयाँ, ब्राउन चना प्रतिकेजी १ सय ६८ रूपैयाँ, चिउरा प्रतिकेजी १ सय ८ रूपैयाँमा उपलब्ध गराउन लागिएको भाटभटेनीले जनाएको छ।
भाटभटेनीका अनुसार तोरीको तेल प्रतिलिटर २ सय ७९ रूपैयाँ, सनफ्लावर तेल प्रतिलिटर १ सय ९८ रूपैयाँ, सोयाबिन तेल प्रतिलिटर १ सय ९७ रूपैयाँमा उपलब्ध गराउन लागिएको छ।
डीडीसीको घ्यू प्रतिकेजीमा ८१ रूपैयाँ घटाएर ९ सय ९९ रूपैयाँमा प्रदान गर्न लागिएको छ। चिनी प्रतिकेजी १ सय २ रूपैयाँ र चिया प्रतिकेजी ४ सय ९८ रूपैयाँमा उपलब्ध गराउन लागिएको छ।
त्यसैगरी निर्धारित कार्पेटमा २० प्रतिशतसम्म र लगेजमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गर्न लागिएको छ।
दसैँ, तिहार र छठजस्ता महान् पर्वलाई ध्यानमा राखेर ग्राहकलाई यसरी छुट प्रदान गर्न लागिएको भाटभटेनीका चिफ अपरेटिङ अफिसर्स पानु पौडेलले बताए। ‘सबै ग्राहकलाई ध्यानमा राखेर हामीले यो अफर प्रदान गर्न लागेका हौँ,’ पौडेलले भने, ‘यस अफरबाट सबै प्रकारका ग्राहक लाभान्वित हुनुहुनेछ भन्ने हामीलाई लागेको छ।’

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया