सिप्रदीले उपत्यका बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने
मेरोन्यूज
२०८१ असोज ७ गते १७:०१

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग प्रालिले काठमाडौं उपत्यका बाहिर ‘टाटा किएर क्याम्प’ आयोजना गर्ने भएको छ। यसले टाटा पेसेन्जर श्रेणीका (पीभी) आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी (बिजुलीमा आधारित) गाडीहरूलाई लक्षित गरेको छ ।
यो क्याम्प यही असोज ९ गतेदेखि ११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा, हेटौडा, ढल्केबर र मेचीमा अवस्थित पीभीका सेवा सम्बन्धी सञ्जालहरूमा सञ्चालन हुनेछ। कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरूले विभिन्न विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन् ।
ब्याट्री, सस्पेन्सन, ब्रेक लगायत कम्प्युटर परीक्षण जस्ता सुविधा निःशुल्क पाइनेछ । ग्राहकहरूलाई पार्टपुर्जा र लुब्रीकेन्ट प्रत्येकमा २० प्रतिशत एवं लेबर चार्जमा ५० प्रतिशतको छुट दिइने कम्पनीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया