सिप्रदीले उपत्यका बाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने
मेरोन्यूज
२०८१ असोज ७ गते १७:०१

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग प्रालिले काठमाडौं उपत्यका बाहिर ‘टाटा किएर क्याम्प’ आयोजना गर्ने भएको छ। यसले टाटा पेसेन्जर श्रेणीका (पीभी) आइसीई (पेट्रोल र डिजेलमा आधारित) र ईभी (बिजुलीमा आधारित) गाडीहरूलाई लक्षित गरेको छ ।
यो क्याम्प यही असोज ९ गतेदेखि ११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा, हेटौडा, ढल्केबर र मेचीमा अवस्थित पीभीका सेवा सम्बन्धी सञ्जालहरूमा सञ्चालन हुनेछ। कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरूले विभिन्न विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन् ।
ब्याट्री, सस्पेन्सन, ब्रेक लगायत कम्प्युटर परीक्षण जस्ता सुविधा निःशुल्क पाइनेछ । ग्राहकहरूलाई पार्टपुर्जा र लुब्रीकेन्ट प्रत्येकमा २० प्रतिशत एवं लेबर चार्जमा ५० प्रतिशतको छुट दिइने कम्पनीले जनाएको छ ।
सम्बन्धित
















चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचनको प्रतिवेदन
आफ्नै पत्नीको खुट्टा काटेर पति फरार
निर्माणाधीन सडकमा दुर्घटनाको जोखिमः सचेतना बोर्ड राख्दै प्रहरी
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
प्रतिक्रिया