बुधबार, वैशाख १७, २०८२

रवि पक्राउबारे गृहमन्त्रालयमा छलफल जारी

मेरोन्यूज २०८१ असोज ७ गते १७:०४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई सहकारी छानबिनका लागि पक्राउका विषयमा अहिले गृहमन्त्रालयमा बैठक जारी रहेको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दवाडी , निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईलगायत सहभागी छन् ।

लामिछानेलाई कहिले पक्राउ गर्ने, पक्राउपछि आउनसक्ने सम्भावित सुरक्षा चुनौति , आवश्यक तयारीलगायतका विषयमा बैठक केन्द्रीत रहेको गृहस्रोतले जानकारी दियो ।

सहकारी छानबिन समितिले लामिछानेलाई दोषी ठहर गर्दै आवश्यक कारवाहीको सिफारिस गरेको थियो ।

प्रतिक्रिया