धनुषाको हिरासतबाट भागेका ९ जनामध्ये ७ जना थुनुवा पक्राउ

जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट भागेका ९ जनामध्ये ७ जना थुनुवा पक्राउ परेका छन्। धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले दुईजनालाई जनकपुरधामबाट र पाँचजनालाई विदेह नगरपालिकाको लखौरी भन्ने ठाउँबाट पक्राउ गरेको बताए।
सोमबार बिहान तीन साढे तीन बजेको समयमा जिल्ला प्रहरी कार्यालयको हिरासतको भेन्टिलेशन तोडेर ९ जना थुनुवा फरार भएका थिए। फरार भएकामध्ये एकजनालाई जनकपुरधामबाट नै पक्राउ गरिएको थियो भने ८ जना फरार भएका थिए।
प्रवक्ता अवाका अनुसार फरार भएका थुनुवाहरुमध्ये लागूऔषध मुद्दाका अमित कुमार झा, रंजित मण्डल, रोशन कुमार मण्डल, अभास्कर कुमार यादव र अभद्र व्यवहार मुद्दाका सुमित मेस्तर (नावालक) र विक्की कार्कीलाई पक्राउ गरिएको छ।
लागूऔषध मुद्दाका विशाल मुखिया र अभद्र व्यवहार मुद्दाका मनिष मण्डल अहिलेपनि फरार रहेको र उनीहरुको खोेजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


















इरानमा पक्राउ परेका अमृत झा रिहा
कालीगण्डकीमा बेपत्ता युवा मृत फेला
पूर्वमन्त्री दीपक खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
महसुल नतिर्ने ग्राहकको धाराको लाइन काटिँदै
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
सम्पत्तिबारे गृहमन्त्रीकाे जवाफ : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती
प्रतिक्रिया