सोमबार, पुष १४, २०८२

करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

मेरोन्यूज २०८१ असोज ७ गते २०:४५

सर्लाही। सर्लाहीको सिसौटियामा करेन्ट लागेर दुई वर्षका बालकको मृत्यु भएको छ ।

गोडैता नगरपालिका–१०, सिसौटिया निवासी सुदिश चौधरीका छोरा दुई वर्षीय आयुष कुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । ओच्छ्यानमा बसेर खेलिरहेका बालकले बिजुलीको प्लकमा औँला हाल्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका छन् । शव सोही अस्पतालमा पोष्टमार्टमपछि परिवारले बुझेर लगेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया