विद्यालयमा गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि रौतहटमा बिहानमा कक्षा सञ्चालन

सञ्जय मिश्रा, रौतहट । पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौं विद्यालयको कक्षा कोठामै बिद्यार्थीहरु बेहोस हुन थालेका छन् ।
गर्मीको कारण विधार्थी बेहोस हुन थालेपछि अधिकांस विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ । अत्याधिक गर्मी बढेका कारण सोमवार स्थानीय राजदेवी नगरपालिका स्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरु बेहोस भएका थिए । जिल्ला शिक्षा समन्वय ईकाई रौतहटका एकजना अधिकृत उपेन्द्र सिंहका अनुसार गर्मीको कारण अचेत भएका ती विद्यार्थीको मुखबाट सेतो फिज निक्सिएको थियो ।
विद्यालयमा गर्मीबाट बिद्यार्थीहरुलाई बचाउन राजदेवी नगरपालिकामा विद्यालय सञ्चालनको समय बिहानको ६: ३० बजे गरिएको सिंहले बताएका छन् । गर्मीकै विद्यार्थीमा समस्या देखिन थाले पछि चन्द्रपुर नगरपालिकाले आज देखि १६ गतेसम्मका लागि बिहान ६ बजेदेखि बिद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ।
त्यस्तै कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधिले आजदेखि अर्को सूचना नहुन्जेल सम्मका लागि नगरको सम्पूर्ण विद्यालय बिहान ६: ३० देखि सञ्चालन गरिएको जानकारी दिएका छन् । त्यस्तै देवाही गोनाही नगरपालिकाले पनि बिद्यालय सञ्चालनको समय बिहान ६: ३० देखि गरेको श्री माध्यमिक बिद्यालय कर्कच गूठीका प्रधानाध्यापक पवन पन्डितले बताएका छन् ।
१८ पालिका रहेको रौतहटका अधिकांश पालिकामा गर्मीबाट विधार्थी बचाउन बिहानमा कक्षा सञ्चालन गरिएको छ ।













पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता
शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर लाहानमा
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
काठमाडौंमा यसरी मनाइयाे तमु ल्होसार (तस्बिरहरू)
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया