सिस्नेरी-दक्षिणकाली सडकखण्ड आजदेखि असोज १९ सम्म बन्द
मेरोन्यूज
२०८१ असोज ८ गते १०:४२

मकवानपुर । सिस्नेरी-दक्षिणकाली सडकखण्डमा आजदेखि १२ दिन यातायात सञ्चालनमा रोक लगाइएको छ ।
बागमती प्रदेशको राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्ने छोटो दूरीको सिस्नेरी-दक्षिणकाली खण्डअन्तर्गत पर्ने दक्षिणकाली-छैमले खण्ड कालोपत्र गर्ने भएकाले यही असोज १९ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । उक्त सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग कुलेखानी-फाखेल-मातातीर्थ सडकखण्ड, कान्तिलोकपथ सडकखण्ड, त्रिभुवन राजपथ, नारायणगढ-मुग्लिन सडकखण्डबाट सञ्चालन गर्न उनले अनुरोध गरे ।
सम्बन्धित
















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया