बत्ती कात्ने सीप सिकाउँदै विद्यालय

घोराही (दाङ) । सामुदायिक विद्यालयका विद्यार्थीलाई जीवनोपयोगी सीप दिन थालिएको छ । दाङको घोराही उपमहानगरपालिका–१५ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले बत्ती कात्ने, ब्यूटीपार्लरअन्तर्गत थ्रेडिङ गर्ने, दुनाटपरी बनाउनेजस्ता सीप विद्यार्थीलाई दिन थालेको हो । जानेको सीप विद्यार्थीलाई प्रयोगात्मक रूपमै सिकाउन पाउँदा शिक्षक र शिक्षिका पनि खुसी देखिन्थे ।
कक्षा १० मा अध्ययनरत छात्रा काजल पुनमगर कपासबाट बत्ती कात्ने, दुनाटपरी र थे्रडिङ गर्ने सीप सिक्न पाउँदा खुसी व्यक्त गर्छिन् । बत्ती विभिन्न चाडपर्वका बेलामा बाल्न प्रयोग हुने हुँदा यो सीप अति नै महत्तवपूर्ण रहेको उनी बताउँछिन् ।
परम्परागत हाम्रा मूल्य मान्यतालाई संरक्षण गर्न मद्दत पुग्ने अपेक्षानुसार विभिन्न सीप सिक्दै आएका छौँ, जसमा तीनसुते, पाँचसुते, सातसुते र नौसुते बत्ती कात्न विद्यालयकै शिक्षिकाले सिकाउने गरेको उनको भनाइ छ । विद्यालयमा किताबी ज्ञानमात्र आर्जन गर्नुभन्दा व्यवहारिक सीप पनि उत्तिकै जीवनोपयोगी हुन्छ ।
बजारबाट निर्माण गरेका बत्ती, दुनाटपरी प्रयोग गर्ने भएको हुँदा अब आफैँले सिकेको ज्ञानलाई दैनिक घरमा प्रयोगमा ल्याउने कक्षा ८ मा अध्ययनरत विद्यार्थी सङ्गीता शर्मा बताउँछिन् । यस्तै थे्रडिङ गर्ने सीप पनि अहिले सिकियो भने भोलिका दिनमा व्यावसायिक रूपमा अगाडि बढ्न सहज हुने उनको धारणा छ ।
“पढेर मात्र नहुने हुँदा घरायसी काम काज पनि जान्न र सिक्ने अवसर पाएपछि जीवन जिउन धेरै सहयोग पुग्छ”, विद्यार्थी भन्छन् । विद्यालयमा नियमित पढाइसँगै हरेक महिनाको दुईवटा शुक्रवार विभिन्न सीपयुक्त कार्यमा सहभागी हुँदै आएको उनीहरू बताउँछन् ।
कक्षा १० मा अध्ययनरत अर्का विद्यार्थी दुर्गा रोका आफूलाई मन पर्ने ब्यूटीसिएन भएको हुँदा अहिले थ्रेडिङ गर्ने सीप विद्यालयमै सिक्दै आएको र धेरै कुरा आफूले सिकिसकेको उनको भनाइ छ । विद्यार्थीलाई जीवनोपयोगी सीपअन्तर्गत विभिन्न सीप सिकाउन थालेको विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलले बताए।
विसं २०८१ मा विद्यालयको शैक्षिक क्यालेण्डरमै समावेश गरेर प्रत्येक महिनाको दोस्रो र चौथो शुक्रबारका दिन विद्यार्थीलाई सीप सिकाउन थालिएको छ । जसलाई ९बुक फ्रिडे०का रूपमा लिइएको छ । विद्यार्थीलाई शैक्षिक सिकाइसँगै व्यावहारिक सीप सिकाइ पनि आवश्यक रहेको हुँदा यो अभियान सुरु गरेको उनको भनाइ छ । विद्यार्थी पनि निकै उत्साहित भएर सहभागी हुने गरेका छन् । सीप भएका शिक्षक र शिक्षिकाले विद्यार्थीलाई समूह बनाएर विद्यालयमै सीप सिकाउने गरेका छन् ।
पढ्न–लेख्ने जान्ने तर घरायसी काम नजान्ने समस्या छ । पढेलेखेकाले पनि सामान्य घरायसी काम जान्नुपर्छ, सीप सिक्नुपर्छ भन्ने मान्यताका साथ सीप सिकाइलाई प्राथमिकता दिएको विद्यालयका प्रधानाध्यापक पौडेल बताउछन् । पछिल्लो समय बत्ती कात्ने, दुना टपरी बनाउनेजस्ता सीप पुस्तान्तरण नहुँदा समस्या हुने गरेको हुँदा यसले व्यक्ति, परिवार, समुदायलाई नै फाइदा पुग्ने उहाँको भनाइ छ । त्यस्तै अभिभावले पनि आफ्ना छोराछोरीले पढाइसँगै दैनिक जीवनमा आवश्यक पर्ने सीप सिकेको र त्यसलाई घरमा पनि लागू गरेकामा खुसी व्यक्त गर्ने गरेको उनले बताए ।
विद्यालयले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई विभिन्न जीवनोपयोगी सीप प्रदान गर्दै आएको छ । घोराही उपमहानगरापलिका सामाजिक विकास महाशाखाले चालु शैक्षिक वर्षदेखि महिनामा एक शुक्रबार नगरभित्रका विद्यालयमा बुक फ्रिडे बनाई विद्यार्थीलाई सीप सिकाउन आग्रह गरेअनुसार सरस्वती माविले त्यसलाई कार्यान्वयनमा ल्याएको हो ।
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया