बागमती नदीमा बेपत्ता युवकको १९घण्टापछि शव बरामद

रौतहट । जितिया पर्व मनाउन साथीहरु सँग सोमवार रौतहटको पूर्विभेग बागमती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको झण्डै १९ घन्टाको खोजीपछि आज बिहान शव बरामद भएको छ ।
स्थानीयय माधव नारायण नगरपालिका ८ रजावाडा गाँउ छेउ बागमती नदीमा डुबेर बेपत्ता भएका स्थानिय राजेन्द्र सहनीको छोरा बर्ष १८ को श्यामलाल सहनीको शव घटनास्थलबाट डेढ किलोमिटर दक्षिण गढोस्थित बागमती नदीमा संयुक्त टोलीले फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमूख एसपी बिक्रम हुमागाईंले बताएका छन् ।
सोमवार विहान साढे ११ बजे बागमती नदीमा नुहाउने क्रममा युवक डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण, ईलाका प्रहरी कार्यालय रजवडा र स्थानीय बासिन्दाहरु सहितको टोलीले मृतकको शब आज बिहान ६ बजे नदीबाट बाहिर निकालेको थियो ।
घटनास्थलको मुचुल्का पश्चात मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौर रौतहटमा पठाईएको छ ।













पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता
शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर लाहानमा
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
काठमाडौंमा यसरी मनाइयाे तमु ल्होसार (तस्बिरहरू)
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया