विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला

काठमाडौं। देशका विभिन्न स्थानमा ९ जना मृत अवस्थामा फेला परेका छन् ।
पाँचथर, मिक्लाजुङ गाउँपालिका-४ माल्टेनि गाउँ बस्ने ३८ वर्षीया संगिता मगर सोही ठाउँस्थित सडक छेउमा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।
यस्तै सिन्धुली, कमलामाई नगरपालिका-८ पुरानो करकरे बस्ने ३३ वर्षीय काजी बिक आफ्नै घर नजिकै धान खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, नरैनापुर गाउँपालिका-६ जमुनी चोक बस्ने २२ वर्षीय सुकई यादव सोही ठाउँ बस्ने सदान्नद मौर्यको घर अगाडि सोमबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१९ छिल्ली खोला बस्ने ७२ वर्षीय पल बहादुर बुढाथोकी सोही ठाउँस्थित आफ्नै खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, बागमती नगरपालिका-२ सुखा हरिवन खोला किनारमा सोही ठाउँ बस्ने ५५ वर्षीय देबी बहादुर कार्की सोमबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यान, शारदा नगरपालिका-१३ अत्तरकाँडास्थित घरमा सोही नगरपालिका-१३ बागमारे घर भएकी ६५ वर्षीया पोक्सरी बुढाथोकी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिराहा, बरियारपट्टी गाउँपालिका-३ नेपाल भारत बोर्डर सिमास्थित हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३१ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, माडी नगरपालिका-२ चिरौलीस्थित सडक छेउमा सोही नगरपालिका-४ बस्ने ८० वर्षीय देब बहादुर घर्ति सोमबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास रोडको बाटो छेउको नालीमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया