सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै
मेरोन्यूज
२०८१ असोज ८ गते १४:०८

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणको विषयमा थप अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पोखरा जाने भएको छ ।
सीआईबीका अनुसन्धान अधिकारी मंगलबार नै पोखरा जान लागेका हुन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशी आइतबार पक्राउ परेका थिए । काठमाडौंको शंखमूलबाट पक्राउ परेका जोशीलाई सोही दिन पोखरा लगिएको थियो ।
जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सोमबार अनुमति दिएको छ।
अदालतको अनुमतिपछि प्रहरीले उनीसँग मंगलबारदेखि नै बयान लिन सुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया