काठमाडौंमा पहिलो पटक स्याउ मेला हुने
मेरोन्यूज
२०८१ असोज ८ गते १९:४७

काठमाडौं। काठमाडौंमा पहिलो पटक स्याउ मेला आयोजना हुने भएको छ ।
ठमेलको होटल मनाङको सहकार्यमा किसान भेन्चरको आयोजनामा हुन लागेको मेला असोज १७ गतेदेखि तीन दिनसम्म चल्ने छ ।
किसान भेन्चरले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा स्याउ खेतीलाई प्रोत्साहन गर्न नेपाल एप्पल फेस्ट २०२४ आयोजना गरिएको जनाएको हो । महोत्सवमा जुम्ला, हुम्ला, बाजुरा, मनाङ, मुस्ताङ, जाजरकोटसहित विभिन्न जिल्लामा उत्पादन भएका १५ प्रकारका स्याउहरू राखिने किसान भेन्चरका सिइओ राजेश कार्कीले जानकारी दिए ।
बिभिन्न कारणले नेपालमा उत्पादित स्याउले बजारीकरणको अभाव झेल्नुपरेको र ९० प्रतिशत स्याउ चीन र भारतबाट आयात हुने गरेको उनले बताए ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया