शुक्रबार, चैत ६, २०८२

एनआईसी एसिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशतसम्म छुट

मेरोन्यूज २०८१ असोज ८ गते २१:२६

काठमाडौं। एनआईसी एसिया बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने भएका छन्।

Advertisement
nepal life insurencenepal life insurence

ग्राहकलाई छुट दिनेगरी बैंक र बुद्ध एयरबीच भएको सम्झौतामा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक (मार्केटिङ सेल्स/ग्राउन्ड ह्यान्डलिङ) रुपेश जोशी हस्ताक्षर गरे।

सम्झौताबमोजिम बैंकका ग्राहकले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

बैंकका ग्राहकले मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा दुई पक्षबीच भएको सम्झौताबमोजिम ८ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

यो छुट सम्झौताले बैंकका ग्राहकलाई विशेषगरी आउँदै गरेका चाडपर्वका बेला विभिन्न गन्तव्यमा सुलभ रुपमा आवतजावत गर्न सघाउ पुग्ने बैंकले विश्वास लिएको छ।

साथै, ग्राहकहरुका लागि ल्याइएको यस विशेष छुट योजनाबाट डिजिटल भुक्तानीको प्रवद्र्धनमा सघाउ पुग्ने हुँदा नगदरहित कारोबारलाई बढावा दिनको निमित्त ठोस टेवा पुग्नेसमेत बैंकको विश्वास छ।

प्रतिक्रिया