अस्ट्रेलियामाथि इङल्याण्डको जित
मेरोन्यूज
२०८१ असोज ९ गते ८:३७

काठमाडौँ । जारी एकदिवसीय सिरिजमा इङल्याण्डले अस्ट्रेलियालाई डक वर्थ लुइस नियम अनुसार ४६ रनले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा खेल बर्षाले पुरा हुन नसकेपछि डक वर्थ लुइस नियम अनुसार इङल्याण्ड ४६ रनले विजयी भएको हो ।
यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो । त्यसको जवाफमा इङल्याण्डले ३७.४ ओभरमा ४ विकेट गुमाएर २५४ रन बनाएको अवस्थामा खेल बर्षाले रोकिएको थियो । त्यसपछि डक वर्थ लुइस नियम अनुसार सो अवस्थामा लक्ष्य २०९ रहेकोमा इङल्याण्डले २५४ रन बनाएकोले ४६ रनले विजयी बनाइएको हो । इङल्याण्डका लागि ह्यारी ब्रुकले अविजित ११० रन बनाएका थिए ।
इङल्याण्डले यो जितपछि सिरिजमा पहिलो जित हासिल गरेको छ । ५ खेलको सिरिजमा २-१ ले अस्ट्रेलिया अगाडी रहेको छ । अब सिरिजको चौथो खेल शुक्रबार हुने छ ।
सम्बन्धित
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया