अस्ट्रेलियामाथि इङल्याण्डको जित
मेरोन्यूज
२०८१ असोज ९ गते ८:३७

काठमाडौँ । जारी एकदिवसीय सिरिजमा इङल्याण्डले अस्ट्रेलियालाई डक वर्थ लुइस नियम अनुसार ४६ रनले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा खेल बर्षाले पुरा हुन नसकेपछि डक वर्थ लुइस नियम अनुसार इङल्याण्ड ४६ रनले विजयी भएको हो ।
यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो । त्यसको जवाफमा इङल्याण्डले ३७.४ ओभरमा ४ विकेट गुमाएर २५४ रन बनाएको अवस्थामा खेल बर्षाले रोकिएको थियो । त्यसपछि डक वर्थ लुइस नियम अनुसार सो अवस्थामा लक्ष्य २०९ रहेकोमा इङल्याण्डले २५४ रन बनाएकोले ४६ रनले विजयी बनाइएको हो । इङल्याण्डका लागि ह्यारी ब्रुकले अविजित ११० रन बनाएका थिए ।
इङल्याण्डले यो जितपछि सिरिजमा पहिलो जित हासिल गरेको छ । ५ खेलको सिरिजमा २-१ ले अस्ट्रेलिया अगाडी रहेको छ । अब सिरिजको चौथो खेल शुक्रबार हुने छ ।
सम्बन्धित













हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लागौँ : माधव नेपाल
निजी क्षेत्रको मनोबल कमजाेर छ, ढुक्क भएर लगानी गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष ढकाल
ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै
राष्ट्रियसभाको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया