बुधबार, वैशाख २३, २०८३

आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन

मेरोन्यूज २०८१ असोज ९ गते १९:३२

काठमाडौँ ।  आर्थिक न्याय र सामाजिक सुरक्षाको माग गर्दै दलित नागरिक समाज तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले माइतीघरमण्डलामा प्रदर्शन गरेका छन् । एशिया दलित राइटस् फोरम’को आयोजनामा भएको उक्त प्रदर्शनमा दलित समुदायलाई आर्थिकरुपमा सबल बनाउन राज्यले प्रभावकारी नीति र योजना ल्याउनुपर्ने माग राखेका छन्  ।

Advertisement
NiccNicc

प्रदर्शनमा एशिया दलित अधिकार मञ्चका महासचिव भक्त विश्वकर्माले सामाजिक न्यायबिना आर्थिक समानता सम्भव नहुने र सामाजिक सुरक्षा, स्वास्थ्यको अधिकार, वातावरणीय न्याय, जातीय विभेदको अन्त्य नभएको भन्दै दलित समुदायको अधिकारका लागि एकीकृत आन्दोलन आवश्यक रहेको उनले बताए ।

प्रदर्शनकारीले जातीय विभेद, सामाजिक सुरक्षा, स्वास्थ्य अधिकार, खाद्य सङ्कट र वातावरणीय समस्याको समाधानका लागि राज्यले तत्काल कदम चाल्नुपर्ने मागसहितका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

एशिया दलित अधिकार मञ्चकासँगै गैरसरकारी संस्था महासङ्घ, नेपाल, दलित गैरसरकारी संस्था महासङ्घ, नेपाल राष्ट्रिय दलित समाजकल्याण सङ्घ, दलित महिला सङ्घ, समन्यायिक समाज नेपाल, राष्ट्रिय दलित नेटवर्क,समता फाउण्डेशन लगायत सङ्घसंस्थाले पनि प्रदर्शनमा एक्यबद्धता जनाएका थिए ।

प्रदर्शनकारीले आर्थिक न्यायबिना सामाजिक न्याय सम्भावना नरहेकाले दलित समुदायको आर्थिक उत्थानका लागि राज्यको ठोस नीति र कार्यान्वयनको माग गरेका छन् ।

प्रतिक्रिया