अक्टोरबर २ मा र्यापर लिल पम्प एलओडीमा आउँदै

काठमाडौँ । अमेरिकन चर्चित र्यापर ‘लिल पम्प’ नेपाल आउने भएका छन् । ठमेलस्थित एलओडी क्लबमा आगामी १६ गते अक्टोबर २ तारिक हुने कार्यक्रममा उनले आफ्नो प्रस्तुती दिने भएका छन् । उनको सबैभन्दा बढी चर्चित गीत गुजी ग्याङ रहेको छ ।
एलओडी क्लबका सञ्चालक राजु सिंहले लिल पम्पको कार्यक्रमका लागि सम्पूर्ण तयारी पुरा भइसकेको बताए । उनका अनुसार सोही दिन हुने कार्यक्रममा कल्बले शुःल्क लिने व्यवस्था गरेको छ । भिआइपी र सामान्य गरेर टिकटको मूल्य निर्धारण गरिएको छ ।
भिआइपीमा प्रवेश गर्न दर्शकहरूले ३५ सय र सामान्य स्थानमा रहेर हेर्न २५ सय रुपैयाँ तिर्नुपर्ने सिंहले जानकारी दिए । दर्शकहरूले सोहि दिनको टिकट खल्ती एप्स बाट खरिद गर्न सक्ने सिंहले बताए ।
यसअघि पनि एलओडीमा बलिउड तथा हलिउडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिउडका नेहा कक्कड अर्मान मल्लिक इण्डियन आइडल पवनदीप लक्कि अली बाबा सेहगल लगायतका धेरै गायकहरूले प्रस्तुती दिई सकेका छन् ।
त्यसैगरी, टिम्मी ट्रम्पेट, टोपीक, स्टेबीन बेन, वाल्सी फायर ज्योतिका टांग्री लगायतका कलाकारले समेत सो गरिसकेका छन् ।
एलओडी क्लब ’लर्ड अफ द ड्रिंक्स’ विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको क्लब हो । केही समयअघि क्लब पुनस् ’डिजे म्याग टप १००’ को नोमिनेसनमा परि छनौटमा परेको हो । युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२४ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी क्लबले ५० औं स्थानमा राखेको हो ।
यसमा पाँच सय क्लब सहभागी भएका थिए । डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्छ । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लबको सहभागी रहने गर्छ ।














कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया