नागरिकको सुरक्षानै पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन

रौतहट । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले नागरिकको सुरक्षानै पहिलो प्राथमिकामा राखेर काम गर्न निर्देशन दिएका छन् । उनले जस्तोसुकै विषम परिस्थितिमा पनि नागरिकको सुरक्षामा कुनै कमी नगर्न निर्देशन दिएका छन् ।
प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक जिल्लातर्फ निक्लेका डीआईजी आचार्यले जिल्ला प्रहरी कार्यालय रौतहटको अनुगमन निरीक्षणपछि जिल्लाका सम्पूर्ण यूनिट प्रमुखहरुलाई उक्त निर्देशन दिएका हुन् । प्रहरी संगठनले अंगिकार गरेका नीति , कार्ययोजना तथा प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक प्रहरी सेवा प्रवाह गर्न गराउन उनले निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कोठाको भेटीलेटर फोडेर थुनुवाहरु फरार भएको घटना स्मरण गर्दै डिआईजी आचार्यले हिरासतको अवस्था थुनुवाहरुको सुरक्षा लाई बिशेष प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।
आउनै लागेको वडा दशैं, तिहार, छठ जस्ता चाडँ पर्वको समय शान्ति सुरक्षा कायम राख्न निर्देशन दिएका छन्। उनले दिपावलीको समय राजधानी काठमाडौं सम्म अबैध तरिकाले भारतबाट पटाखा जानेगरेको हुँदा सीमाक्षेत्र बाट पटखा ल्याउनेकाम पूर्ण नियन्त्रण गर्न निर्देशन दिए । सिंगो मधेश प्रदेश चोरी तस्करीमा बदनाम भएकाले त्यसको नियन्त्रणसंगै आपराधिक क्रियाकलाप न्यून गर्न कडाई साथ निर्देशन दिएको उनले बताए ।
निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले डीआईजी आचार्य समक्ष जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, प्रहरी परिचालन र भईरहेका विविध गतिविधिहरु लगायतका विषयमा जानकारी गराएका थिए ।
















अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यकः मुख्यमन्त्री पाण्डे
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ
अमेरिकी दबाबपछि चागोस सम्झौता रोकिने अवस्थामा
गाजामा भएको इजरायली आक्रमणमा ७ जनाको मृत्यु
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छ: परराष्ट्रमन्त्री खनाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
प्रतिक्रिया