आर्थिक सुधारका कडा शर्तसहित पाकिस्तानलाई आईएमफएको ७ अर्ब डलर ऋण

काठमाडौँ । पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सात अर्ब डलर ऋण जारी गर्न स्वीकृति दिएको छ ।
पाकिस्तानको प्रधानमन्त्री कार्यालय (पीएमओ) ले आइएमएफले ७ अर्ब डलर ऋण स्वीकृत गरेको जानकारी दिएको पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् ।
साथै पीएमओले आईएमएफले ऋण स्वीकृतिका लागि सुझाव दिएको आर्थिक सुधारका उपायहरू कार्यान्वयन भइरहेको जनाएको छ । आर्थिक स्थायित्व हासिल गरेपछि पाकिस्तानले आर्थिक विकासको लक्ष्य हासिल गर्न कडा कदम चाल्ने बताएको छ ।
पाकिस्तानले कृषि कर संरचना सुधार गर्ने, राज्यहरूलाई वित्तीय अनुशासनका लागि जिम्मेवार बनाउने र केही अन्य कडा सुधारहरू कार्यान्वयन गर्ने वाचा गरेपछि सात अर्ब डलरको ऋण स्वीकृत भएको हो ।
जियो न्यूजका अनुसार १.१ अर्ब डलरको यो नयाँ ऋणको पहिलो किस्ता सेप्टेम्बर ३० मा जारी हुने बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण पाकिस्तान आईएमएफको ऋणमा निर्भर भएको छ ।
सन् १९५८ देखि हालसम्म पाकिस्तान २२ पटक ऋणको लागि आईएमएफमा गएको थियो । हाल पाकिस्तान आईएमएफको पाँचौं ठूलो ऋणी देश हो ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया