शुक्रबार, चैत ६, २०८२

एक महिनामा भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स

मेरोन्यूज २०८१ असोज १० गते १४:३५

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल राष्ट्र बैंकका अनुसार यो आप्रवाह अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले बढी भहो।

राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष ८७ करोड ९८ लाख रहेको थियो ।

साउनमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति लिनेको ३६ हजार ९२८ छ ।

यो महिनामा पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ । अघिल्लो वर्षको साउनमा यस्तो संख्या क्रमशः ३९ हजार १५२ र १६ हजार ४२३ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया