नाजिर हुसेन अभिनित फिल्म ‘गुन्यो चोलो’ को रिलिज स्थगित

काठमाडौँ। अभिनेता नाजिर हुसेनको शिर्ष भूमिका रहेको फिल्म ‘गुन्यो चोलो’ को रिलिज स्थगित भएको छ ।
नाजिरको ट्रान्सवुमनको भूमिका रहेको यस फिल्म आगामी कात्तिक ९ गतेको प्रदर्शन मिति स्थगित भएको निर्देशक समुन्द्र भट्टले जनाएकी छन् । उनले नयाँ प्रदर्शन मिति पछि घोषणा गरिने बताएकी छन् ।
उनले भनेकी छन्- ‘हाम्रो चलचित्र गुन्यो चोलो (दि ड्रेस ) जुन,कार्तिकको ९ गते रिलिज हुने भनी घोषणा गरिएको थियो केही विशेष तयारी गर्ने योजना भएको कारणले केहि समयका लागि स्थगित भएको जानकारी गराउन चाहन्छौं संगै एउटा ठुलो खुसीको खबरका साथ नयाँ रिलिज डेट संगै हामी फेरि पनि आउने छौँ । हामीलाई तपाईंहरूले दिनु भएको माया र साथप्रति निकै नै आभारी छौँ । त्यसको लागि तपाईंहरुलाई धेरै धेरै धन्यवाद । हामी अझै केही विशेष र भब्य लिएर आउने बाचा गर्दछौं ।’
यस फिल्ममा नाजिरसहित सञ्चिता लुईंटेल, विशाल पहारी, सुशील सिटौला, अनुपम श्रेष्ठ, निशा बजगाईं आदिको अभिनय छ । फिल्ममा निर्देशक भट्ट र अभिनेता हुसेनको पटकथा एवं संवाद लेखन रहेको छ ।
यो फिल्ममा आकाश बुढाथोकी र भि. भन्से जानुबोन निर्माता तथा जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्मातामा छन् । फिल्मका छायाँकार भने अलोक शुक्ला हुन् ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया