तत्काल भुक्तानी नदिए आन्दोलन गर्ने निर्माण व्यवसायीको चेतावनी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण पूरा भएका विकास आयोजनाको भुक्तानी नदिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले चाडपर्वका समयमा व्यवसायीहरूको भुक्तानी गर्न बाँकी रकम तत्काल भुक्तानी गर्नुपर्नेमा राख्दै भुक्तानीको समस्या समयमा नै समाधान नभए तत्काल सशक्त आदोलनमा जान बाध्य हुने चेतावनी दिएको हो।
निर्माण व्यवसायीहरूले निर्माण कार्य गरेबापतको विगत आर्थिक वर्षहरुमै भुक्तानी हुनुपर्ने वक्यौता रहेको ठूलो रकम अझै पनि भुक्तानी हुन नसक्दा निर्माण उद्योगमा विकराल अवस्था सिर्जना भएको अध्यक्ष रवि सिंहले बताए ।
सरकारले रकम तत्काल निकासा हुने प्रतिवद्धता गरे पनि सो विपरीत रकम भुक्तान नहुँदा व्यवसायीहरूको राज्यमाथिको भरोसा टुट्ने अवस्थामा पुगेको सिंहको भनाइ छ ।
महासंघले समयमा नै भुक्तानी नहुँदा व्यवसायीहरूले बैंक ऋण किस्ता तथा राज्यलाई बुझाउनुपर्ने करको रकम समेत बुझाउन नसकिएको र जसका कारण धेरै कानूनी जटिलता समेत उत्पन्न भएको जनाएको छ।
















अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया