सांस्कृतिक कार्यक्रममा योगदान गर्ने सम्मानित

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा यही असोज ३ गते राजधानीमा आयोजित ‘नेशनल डे कन्सर्ट’मा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज धरहरा परिसरमा एक समारोहबीच कन्सर्ट सफल बनाउन सहयोग गर्ने कलाकार, समाजसेवी, खेलाडी, साहित्यकारलागायतलाई सम्मान गरेको हो । कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव डा. कृष्णहरि पुस्करले संविधान दिवसका अवसरमा नागरिक स्तरबाटै कार्यक्रम गरिनु र व्यापक जनसहभागिताले यसलाई थप सफल र सार्थक बनाएको बताए। उनले कार्यक्रममा योगदान दिने सबैलाई धन्यवाद दिँदै देशको प्रगति र समृद्धिमा कला, साहित्य, खेलकुद, र समाजसेवाले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
सम्मानित हुनेहरूमा कलाकार, समाजसेवी, खेलाडी, व्यापारी, साहित्यकारलगायत रहेका छन् । सो अवसरमा हास्यकलाकार केदार घिमिरेले सम्मानले देशप्रतिको जिम्मेवारी अझ थपिएको उल्लेख गरे। ‘नेशनल डे कन्सर्ट’का लागि नागरिक स्तरबाट १५० जनाको विशेष समिति गठन गरिएको थियो । समितिमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्ति रहेका थिए।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया