युद्धविराम गर्न इजरायलको अस्वीकार

काठमाडौँ । इजरायलले हिजबुल्लाहसँगको द्वन्द्वमा युद्धविराम गर्न अस्वीकार गरेको छ । इजरायलका विदेशमन्त्री इसरायल काट्जले उत्तरसँग युद्धविराम नहुने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, इजरायलले उत्तरी सिमानामा बस्ने इजरायलीहरू सुरक्षित रूपमा आफ्नो घर नफर्केसम्म हिजबुल्लाह विरुद्धको लडाई जारी राख्नेछ ।
यसअघि इजरायल र लेबनानबीचको सीमामा जारी द्वन्द्वका बीच अमेरिका र अन्य देशहरूले युद्धविरामको प्रस्ताव गरेका थिए । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनालाई पूर्ण शक्तिका साथ युद्ध जारी राख्न आग्रह गरेका छन् ।
१२ अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरूले यो युद्ध रोक्न आह्वान गरेका छन् । जसको जवाफमा प्रधानमन्त्री नेतन्याहुको कार्यालयले भनेको छ, ‘युद्धविरामको खबरमा कुनै सत्यता छैन । यो अमेरिका र फ्रान्सको प्रस्ताव हो, जसको प्रधानमन्त्रीले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । उत्तरी क्षेत्रमा द्वन्द्व कम गर्न निर्देशन समाचार पनि गलत छ । प्रधानमन्त्रीले इजरायली रक्षा बलहरूलाई पूर्ण शक्तिका साथ युद्ध लड्न जोड दिएका छन् र गाजामा पनि युद्धको उद्देश्य प्राप्त नभएसम्म जारी रहनेछ ।’













Nepal closely following recent developments in Venezuela
तनहुँमा एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गरिँदै
Nepal’s first Fish Sanctuary announced
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक बस्दै
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया