युद्धविराम गर्न इजरायलको अस्वीकार

काठमाडौँ । इजरायलले हिजबुल्लाहसँगको द्वन्द्वमा युद्धविराम गर्न अस्वीकार गरेको छ । इजरायलका विदेशमन्त्री इसरायल काट्जले उत्तरसँग युद्धविराम नहुने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, इजरायलले उत्तरी सिमानामा बस्ने इजरायलीहरू सुरक्षित रूपमा आफ्नो घर नफर्केसम्म हिजबुल्लाह विरुद्धको लडाई जारी राख्नेछ ।
यसअघि इजरायल र लेबनानबीचको सीमामा जारी द्वन्द्वका बीच अमेरिका र अन्य देशहरूले युद्धविरामको प्रस्ताव गरेका थिए । तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायली सेनालाई पूर्ण शक्तिका साथ युद्ध जारी राख्न आग्रह गरेका छन् ।
१२ अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरूले यो युद्ध रोक्न आह्वान गरेका छन् । जसको जवाफमा प्रधानमन्त्री नेतन्याहुको कार्यालयले भनेको छ, ‘युद्धविरामको खबरमा कुनै सत्यता छैन । यो अमेरिका र फ्रान्सको प्रस्ताव हो, जसको प्रधानमन्त्रीले अहिलेसम्म कुनै जवाफ दिएका छैनन् । उत्तरी क्षेत्रमा द्वन्द्व कम गर्न निर्देशन समाचार पनि गलत छ । प्रधानमन्त्रीले इजरायली रक्षा बलहरूलाई पूर्ण शक्तिका साथ युद्ध लड्न जोड दिएका छन् र गाजामा पनि युद्धको उद्देश्य प्राप्त नभएसम्म जारी रहनेछ ।’
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया