लिग-२ मा ६ हारपछि नामिबियाको पहिलो जित
मेरोन्यूज
२०८१ असोज १० गते २०:३३

काठमाडौँ । नामिबियाले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत युएईमाथि जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा नामिबियाले युएईलाई ८ विकेटले पराजित गरेको हो ।
युएईले दिएको १९१ रनको लक्ष्य पछाएको नामिबियाले २८.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएई ४३.२ ओभरमा अल आउट हुदै १९० रन मात्र बनाएको थियो ।
नामिबियाले एकदिवसीय क्रिकेटमा लगातार ६ हारपछि पहिलो जित हासिल गरेको छ । यो जितपछि लिग-२ मा नामिबियाको १२ खेलमा १० अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ ।
त्यसैगरी युएईको भने लिग-२ मा यो छैटौं हार हो । युएईको ७ खेलमा २ अंक रहेको छ र लिगको पुछारमा रहेको छ ।
सम्बन्धित
















अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
नवलपरासीमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया