जापानमा लामो समयदेखि मृत्युदण्डको सजाय भोगिरहेका व्यक्ति रिहा

काठमाडौँ । जापानमा लामो समयदेखि मृत्युदण्डको सजायमा रहेका एक व्यक्ति अन्ततः रिहा भएका छन् । अदालतले ८८ वर्षीय इवाओ हाकामाडालाई निर्दोष घोषित गर्दै आरोपबाट सफाइ दिने आदेश दिएको छ ।
इवाओ हाकामाडालाई सन् १९६६ मा चार जनाको हत्या गरेको आरोप लागेको थियो । इवाओ हाकामाडालाई करिब ४५ वर्षअघि मृत्युदण्डको सजाय सुनाइएको थियो तर विभिन्न कारणले उनको मृत्युदण्डको फैसला स्थगित हुँदै आएको थियो । यस्तो अवस्थामा सन् २०१४ मा इवाओ हाकामाडाको नाम सबैभन्दा लामो समयसम्म मृत्युदण्डको सजाय भोगिरहेका कैदीको रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा लेखिएको थियो ।
जापानको सिजुओका जिल्ला अदालतले इवाओ हाकामाडालाई सफाइ दिएको छ । इवाओ हाकामाडालाई अब उनकी बहिनीले हेरचाह गर्ने बताइएको छ । अदालतको आदेशप्रति खुशी व्यक्त गर्दै इवाओ हकामाडीकी बहिनी हिडेको हाकामाडाले भनिन्, ‘अदालतको आदेश टिभीमा सुनेपछि म निकै भावुक भएँ र आँखाबाट आँसु बगिरह्यो । वास्तवमा, इवाओलाई मृत्युदण्डको सजाय सुनाइएको प्रमाणमा शंकाका कारण इवाओ हकामाडाको मुद्दाको सुनुवाइ २०१४ मा फेरि सुरु भएको थियो ।
इवाओ हाकामाडा एक पूर्व मुक्केबाज हुन् र उनको पूर्व हाकिम र उनको परिवारलाई छुरा प्रहार गरी हत्या गरेको र उनीहरूको घर जलाएको आरोप लगाइएको थियो । मुद्दाको सुनुवाइका क्रममा इवाओ हकामाडाले आफ्नो अपराध स्वीकार गरेका थिए तर पछि इवाओले आफ्नो बयान फिर्ता लिएका थिए र प्रहरीको दबाबमा बयान दिएको आरोप लगाएका थिए ।
इवाओलाई सन् १९६८ मा मृत्युदण्डको सजाय सुनाइएको थियो र सन् १९८० मा जापानको सर्वोच्च अदालतले पनि इवाओको मृत्युदण्डलाई कायम राखेको थियो।













कर्मचारीमाथि भएको अभद्र व्यवहारको एनआईसी एशिया बैंकद्वारा गम्भीर आपत्ति
US ambassador pays farewell call to President Paudel
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या
नेकपा परित्याग गर्दै नन्दकिशोर यादव जसपा नेपाल प्रवेश
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसकाे निर्णय
टी-२० विश्वकपका लागि नेपाली टोली घोषणा, शेर मल्ल पनि समेटिए
कांग्रेस कार्यसम्पादन समितिको अर्को बैठक मंगलबार बस्ने
एमाले सचिव शेरधन राई भोजपुरबाट सर्वसम्मत सिफारिस
प्रतिक्रिया