चाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात

काठमाडौँ । काठमाडौंको नयाँ बसपार्कमा आज “चाड पर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियान २०८१” को सुरुवात भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यले अभियानको उद्घाटन गरेकी हुन् । उद्घाटन पश्चात कार्यक्रममा बोल्दै प्रहरी अतिरीक्त महानिरीक्षक बज्राचार्यले सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गरेर सुरक्षित पर्व मनाउन सकिने कुरामा जोड दिइन् ।
अभियान अन्तर्गत यात्रु सहायता कक्ष संचालन, चालक परिचालक लक्षित स्वास्थ्य शिविर, लामो तथा छोटो दुरीका चालकहरुलाई सम्मान कार्यक्रम र नो भोइलेसन नो पेनाल्टी लेखिएका स्टिकर टासेर कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कानुन विपरीत कार्य गर्ने सबैलाई निर्ममता पुर्वक कारवाही गरिने बताए ।
कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनको लागी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई दुई थान मोटरसाईकल हस्तान्तरण गरे ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले चाड पर्वलाई लक्षित गरेर यात्रु सहायता कक्ष स्थापना गरीएको र यात्रामा कुनै समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरे ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बिश्वराज खड्काले हामी सबै चालक एवं सडक प्रयोगकर्ताले सडक र सवारी नियम पालना गरे मात्र यात्रा सुरक्षित रहने र सडकमा ट्राफिक प्रहरीको परिश्रम हाम्रै लागि हो भन्ने मनन गर्दै ट्राफिक नियम र सडक अनुशासन पालना गर्न आग्रह समेत गरे ।
यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले सार्वजनिक यातायात क्षेत्रमा अनुशासनलाई मात्रै ध्यान दिन सके धेरैकुरामा सुधार आउने बताए । कार्यक्रमकै अवसरमा ७ जना उत्कृष्ठ चालक र २ जना परिचालक बस होस्टेजहरुलाई समेत सम्मान गरीएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक बिश्वराज खड्काले जानकारी दिए ।
कार्यक्रममा चालक, यातायात मजदुर, यातायात व्यवसायी,ल्होत्से बहुउदेश्यीय प्रालि र नाडाका प्रमुखहरूले अभियान सफलताको शुभकामना व्यक्त गरे । उक्त कार्यक्रममा विभिन्न सरकारी,गैरसरकारी संघ संस्थाका प्रतिनिधीहरू तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको समेत उपस्थिती रहेको थियो ।













पुराना पार्टीले नै देशको नेतृत्व गर्ने हो : ओली
सन् २०२५ इतिहासकै तातो वर्ष
ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग
सन् २०२५ : अनिश्चितताले घेरेको विश्व अर्थतन्त्र
६५ लाख चाेरेर काठमाडौँबाट भागेका युवक दाङमा पक्राउ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
प्रतिक्रिया