बुधबार, पुष १६, २०८२

भारत र बंगलादेशबीचको दोस्रो टेस्ट वर्षाले प्रभावित

मेरोन्यूज २०८१ असोज ११ गते १८:०७

काठमाडौँ । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट वर्षाका कारण प्रभावित बनेको छ । टेस्टको पहिलो दिन शुक्रबार खेल बर्षाले प्रभावित हुँदा ३५ ओभर मात्र खेल भएर रोकिएको छ ।

बंगलादेशले टस हारेर पहिला ब्याटिङ शुरु गरेको यस टेस्टमा पहिलो दिनको खेल रोकिँदा ३ विकेट गुमाएर १०७ रन बनाएको छ ।

बंगलादेशका लागि मोमिनुल हक ४० रन बनाएर खेलिरहेका छन् भने मुश्फिकुर रहिम ६ रन बनाएर खेलिरहेका छन् । श्रीलंकाका कप्तान नाजमुल होसैन शान्तो ३१ रन बनाएर आउट भए भने ओपनर जाकिर हसन शुन्यमै आउट भएका थिए ।

भारतका लागि २ विकेट आकाश दीपले लिएका थिए भने एक विकेट आर आश्विनले लिए ।

पहिलो दिन बर्षाले प्रभावित भएको खेल अब भोली शुरु हुने छ । २ खेलको यस सिरिजमा भारतले पहिलो खेल जितेर १-० ले अगाडी रहेको छ ।

प्रतिक्रिया