बुधबार, वैशाख २३, २०८३

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

मेरोन्यूज २०८१ असोज ११ गते २०:४९

बागलुङ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको आयोजनाका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा लेदोसहित पहिरो झर्दा कोरिडोर पूर्ण रुपमा बन्द भएको हो ।  उक्त सडकखण्ड दुई महिनादेखि अवरुद्ध भइ बिहीबार मात्रै सञ्चालनमा आएको थियो । तर बिहीबारदेखि नै भारी वर्षा हुँदा कोरिडोर अवरुद्ध भएको प्रहरी चौकी मालढुङ्गाका प्रमुख भोजबहादुर गुरुङले जानकारी दिए ।

Advertisement
NiccNicc

सडक पूर्णरुपमा बन्द हुँदा बागलुङको दक्षिण क्षेत्रदेखि जिल्ला सदरमुकामको सिधा सम्पर्क विच्छेद भएको उनको भनाइ छ ।चीन–भारत जोड्ने गरी निर्माण भएको कोरिडोर वर्खाको समयमा बन्द हुने गरेको छ । सडक अवरुद्ध हुँदा बागलुङ बलेवा, जैमिनी, बरेङ सञ्चालन हुने यातायात ठप्प भएका छन् ।

जसका कारण यात्रु अलपत्र परेको गुरुङले बताए । करिडोर हुँदै बुटवल, भैरवाह लगायत तराई क्षेत्रमा सञ्चालन हुने यातायात बर्खा सुरु भएपछि चल्न सकेका छैनन् ।करिडोरको विकल्पमा दब्ल्याङ–कालाखोला खण्डलाई वैकल्पिक सडकका रुपमा सञ्चालनमा ल्याइए पनि ठूलो वर्षाका कारण यातायातका साधान चल्न सकेका छैनन् । अहिले पनि भारी वर्षा भइरहेको हुँदा तत्काल सडक खुलाउन संभव नभएको उनले बताए ।

प्रतिक्रिया