कोशी ब्यारेजको जलसतह घट्दै, अझै अति खतरनाक विन्दु माथि

सुनसरी । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेको छ । यद्यपी अहिले पनि अति खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ ।
आइतबार बिहान ९: ४५ बजेको अपडेट अनुसार सप्तकोशीमा ६ लाख २८ हजार १०० क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । पानीको सतहले पुललाई नाघेपछि सतर्कता अपनाउदै सबै सवारी साधनलाई समेत पुलबाट हिड्न रोकिएको छ । अहिले ब्यारेजका सबै ५६ ढोका खोलिएको छ ।
सप्तकोशी जलमापन केन्द्रले आपतकालीन सवारी साधनहरु बाहेक अन्य सवारी साधनलाई रोकिएको जानकारी दिएको छ । अहिले पनि पानीको सतह बढिरहेको र यो उच्च तहको जोखिमको अवस्थामा रहेकोले उच्च रातो सतर्कताको अवस्थामा रहेको केन्द्रले जानकारी दिएको छ ।
सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।













पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता
शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर लाहानमा
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
काठमाडौंमा यसरी मनाइयाे तमु ल्होसार (तस्बिरहरू)
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
प्रतिक्रिया