इजरायलद्वारा लेबनानसँगको सीमामा ट्याङ्क तैनाथ

काठमाडौँ । हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युपछि इजरायलले आइतबार लेबनानसँगको सीमामा ट्याङ्कहरू तैनाथ गरेको छ ।
अल्जजीराले ट्याङ्कहरू तैनाथ गरेका तस्विर सार्वजनिक गरेको छ । इजरायलले लेबनानमा हिजबुल्लाहका केन्द्रमा जमिनी आक्रमण गर्ने यस अघि नै चेतावनी दिएको थियो । अर्कोतर्फ नसरल्लाहको मृत्युपछि पनि इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ ।
न्यूयोर्क टाइम्सका अनुसार लेबनानको स्वास्थ्य मन्त्रालयले यी आक्रमणमा ३३ जनाको मृत्यु भएको र १९५ जना घाइते भएको बताएको छ । रिपोर्टमा नसरल्लाहलाई मार्न इजरायलले सेप्टेम्बर २७ मा ८ वटा लडाकु विमान पठाएको दाबी गरेको छ ।
यसमार्फत हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउण्ड मूल्यका १५ वटा बम खसालेको थियो । रिपोर्टका अनुसार यी अमेरिका निर्मित बीएलयू-१०९ बम थिए, जसलाई बंकर बस्टर पनि भनिन्छ । यी तोकिएको स्थानमा भूमिगत प्रवेश गर्न र विस्फोट गराउन सक्षम रहेको बताइन्छ ।
















कांग्रेसले प्रदेश र स्थानीय तह केन्द्रित भेला आयोजना गर्ने
स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूतको शिष्टाचार भेट
अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो
प्रिमियर कप खेल्ने महिला क्रिकेट टोली घोषणा
नेपालगञ्जमा हत्याको आरोपमा ६ जना पक्राउ
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया