बाढी पहिरोमा मृत्यु भएकाकाे परिवारलाई एक लाख राहत दिने कोशी सरकारको निर्णय
मेरोन्यूज
२०८१ असोज १३ गते २१:१६

विराटनगर । कोशी प्रदेश सरकारले अविरल वर्षासँगै आएको बाढी, पहिरोमा ज्यान गुमाएकाहरुको परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश विपत् कार्यकारी समितिको आइतबार बसेको बैठकले प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाहरुको परिवारलाई तत्काल जनही एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार, आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ उपलब्ध गराउने गर्ने निर्णय गरेको बताए । उनले जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम राहत उपलब्ध गराउने बताए ।
कोशी प्रदेशमा अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानबाट कोशी प्रदेशमा १८ जनाको मृत्यु भएको छ भने ७ जना अझै बेपत्ता छन् ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया