‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बाट बिकले डेब्यु गर्दै

काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन् । बुढाथोकीले आइतबार चलचित्रको टाइटल चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् ।
चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ लाई टंक बुढाथोकी निर्माण तथा निर्देशन गर्दैछन् । लक्ष्मी गिरि कार्यकारी निर्माता रहने यस चलचित्रमा बिनय अधिकारी सह निर्माता रहने छन् ।
सामाजिक कथामा बन्ने यस चलचित्रबाट बाल गायक अशोक दर्जी र एआर बुढाथोकीलाई डेब्यु गर्दैछन् । ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बाट नेपाली रजतपटमा नव नायक रमेश बिकको डेब्यु हुदैछ । निर्देशक टंक बुढाथोकीले चलचित्रमा बिकलाई अनुबन्धित गरेको जनाकारी दिए । टंककै कथा रहेको फिल्मको पटकथा एवं संवाद शिवम अधिकारीले लेखेका छन्।
तिहार लगतै छायांकनमा जाने चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ को नायिका लगायत अन्य कलाकारहरु केहि दिनमा फाइनल गर्ने तयारी छ ।
















आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
आज विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलर स्थिर, यूरो बढ्यो
मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया