एनपिएल टोली सुदुरपश्चिम रोयल्सको लोगो सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले लोगो सार्वजनिक गरेको छ ।
श्रीपेच लगाएकाे शुक्लाफाँटा निकुञ्जको आक्रामक बाघले क्रिकेट बल समाएको परिकल्पनासहितको लोगो रोयल्सले सार्वजनिक गरेको हो । त्यस्तै लोगोको वरिपरि रहेको निलो रङले सुदुरपश्चिम प्रदेशको हिमाल र नदिकाे परिकल्पना गरिएको छ।
सोमबार लोगो सार्वजनिक गर्दै सुदूरपश्चिम रोयल्सले व्यवसायिक क्रिकेटलाई नयाँ उचाई दिने लक्ष्यका साथ क्यानले अघि बढाएको योजनामा सुदुरपश्चिमलाई प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गर्न आफु उत्साहित रहेको बताएको छ ।
सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रा.लि.मा रहेको छ । प्रालिका लगानीकर्ता स्वतन्त्रप्रताप शाहले नेपालमा बढ्दाे क्रिकेट माेह र त्यसमध्ये पनि सुदूरपश्चिम प्रदेश क्रिकेटका लागि उर्वव क्षेत्रको रुपमा रहेको बताउँदै आफ्नो टिमले त्याे उत्साहलाई परिणाम ल्याउनेेेगरी काम गर्ने बताए ।
सुदूरपश्चिम टोलीले तयारीका क्रममा गर्ने प्रयासका बारेमा थप जानकारी दिँदै जाने बताएको छ ।
एनपिएलका लागि सुदूरपश्चिमको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् ।
भिडियाे
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया