एनपिएल टोली सुदुरपश्चिम रोयल्सको लोगो सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपिएल) का लागि सुदूरपश्चिम रोयल्सले लोगो सार्वजनिक गरेको छ ।
श्रीपेच लगाएकाे शुक्लाफाँटा निकुञ्जको आक्रामक बाघले क्रिकेट बल समाएको परिकल्पनासहितको लोगो रोयल्सले सार्वजनिक गरेको हो । त्यस्तै लोगोको वरिपरि रहेको निलो रङले सुदुरपश्चिम प्रदेशको हिमाल र नदिकाे परिकल्पना गरिएको छ।
सोमबार लोगो सार्वजनिक गर्दै सुदूरपश्चिम रोयल्सले व्यवसायिक क्रिकेटलाई नयाँ उचाई दिने लक्ष्यका साथ क्यानले अघि बढाएको योजनामा सुदुरपश्चिमलाई प्रतिनिधित्व गर्दै भूमिका निर्वाह गर्न आफु उत्साहित रहेको बताएको छ ।
सुदूरपश्चिम रोयल्सको स्वामित्व एम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रा.लि.मा रहेको छ । प्रालिका लगानीकर्ता स्वतन्त्रप्रताप शाहले नेपालमा बढ्दाे क्रिकेट माेह र त्यसमध्ये पनि सुदूरपश्चिम प्रदेश क्रिकेटका लागि उर्वव क्षेत्रको रुपमा रहेको बताउँदै आफ्नो टिमले त्याे उत्साहलाई परिणाम ल्याउनेेेगरी काम गर्ने बताए ।
सुदूरपश्चिम टोलीले तयारीका क्रममा गर्ने प्रयासका बारेमा थप जानकारी दिँदै जाने बताएको छ ।
एनपिएलका लागि सुदूरपश्चिमको मार्की खेलाडीका रुपमा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन् ।
भिडियाे













नेप्सेमा १० अंककाे वृद्धि, पाँच अर्ब बढीकाे काराेबार
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
Train crash near Peru’s Machu Picchu kills one, injures 40
लुटिएका हतियार र फरार कैदीलाई निर्वाचन अगावै नियन्त्रणमा ल्याइसक्छाैं : गृहमन्त्री अर्याल
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया