बुधबार, पुष १६, २०८२

पहिरोले भैंसे-भीमफेदी सडक अवरुद्ध

मेरोन्यूज २०८१ असोज १४ गते १५:४६

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-४ रातोमाटेमा पहिरोका कारण भैँसे-भीमफेदी सडक अवरुद्ध बनेको छ ।

आज बिहान खसेको पहिरोका कारण उक्त सडकमा यातायात सेवा अवरुद्ध भएको भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठले जानकारी दिए। “पहिरो पन्छाउने कार्य भइरहेको छ । तर ठूलो पहिरो खसेका कारण सम्भवतः मङ्गलबारसम्म यातायात सञ्चालन हुन सक्छ”, उनले भने।

प्रतिक्रिया