तेश्रो दिन खुल्यो गौर भन्सार, पानी जमेर आउने जानेलाई सास्ती

रौतहट । अबिरल वर्षासँगै बागमती र बकैया नदीमा आएको बाढीको पानीले गौर बजार क्षेत्र जलमग्न भएर बन्द भएको जिल्ला भन्सार कार्यालय सोमवार दिउँसो देखि सञ्चालनमा आएको छ ।
आईतवार बिहानै देखि जिल्ला स्थित सम्पूर्ण सरकारी कार्यालयमा पानी जमेर सम्पूर्ण सेवा अवरुद्ध भएको थियो। भन्सार एरियामा भने ४-५ फिट पानी जमेको थियो भने भन्सार छेउ सशस्त्र प्रहरी बल
गुल्मभित्र ३-४ फिट पानी जमेको थियो । आईतवार दिनभरि सीमावर्ती बैरगनिया आउने जाने सैयौं मानिसलाई सशस्त्र प्रहरीले उद्धार गरेको थियो ।
तर सोमवार बिहानै देखि आईतवारको तुलनामा पानी केही कम भएपछि तेस्रो दिन भन्सारको ढाठ खोलिएको सशस्त्र प्रहरी भन्सार गुल्मका प्रमुख डिएसपी कृष्ण खतिवडाले बताएका छन् । तर सोमवार साँझसम्म पनि भन्सार एरियादेखि क्रान्तिद्वार सम्म २-३ फिट पानी जमेको कारण वारिपारी पैदल आउनेजाने लाई ठुलो सास्ती भईरहेको छ ।
भारतीय बजार बैरगनियाबाट गौरसम्म टाँगा सञ्चालन भएर केही राहत भएपनि पैदल यात्रुलाई कठिनाई रहेको छ । भारतीय सीमा सुरक्षा बल ऐसऐसविले आवश्यकता अनुसार भारतीय सीमामा रहेको नदीको साईफन नखोलेको कारण गौर बजार आसपास जमेको पानीले स्थानीयलाई सास्ती खेप्नु परेको बताइएको छ ।













उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायुको प्रभाव , कस्तो रहला आजको मौसम ?
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया