इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह भारतले जारी गर्याे एडभाइजरी

काठमाडौँ । भारतीय विदेश मन्त्रालयले इरानका लागि भारतीय नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको एडभाइजरीमा भारतीय नागरिकहरूलाई इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह दिइएको छ । हाल इरानमा रहेकाहरूलाई सतर्क रहन र तेहरानमा रहेको भारतीय दूतावाससँग सम्पर्कमा रहन अनुरोध गरिएको छ ।
परराष्ट्र मन्त्रालयले पश्चिम एसियाका सम्बन्धमा पनि एडभाइजरी जारी गरेको छ । यसमा भारत सरकार पश्चिम एसियाको सुरक्षा अवस्थाप्रति चिन्तित रहेको उल्लेख गरिएको छ । यसमा नागरिकको सुरक्षाका लागि संयम अपनाउन अपिल गरिएको छ । साथै वार्ता र कूटनीतिबाट सबै समस्या समाधान गर्न आह्वान गरिएको छ ।
मंगलबार इजरायलस्थित भारतीय दूतावासले पनि भारतीय नागरिकका लागि एडभाइजरी जारी गरेको थियो । जसमा इजरायलमा बस्ने भारतीयहरूलाई सतर्क रहन र सुरक्षा सम्बन्धी प्रोटोकलहरू पालना गर्न भनिएको थियो ।
मंगलबार राति इरानले इजरायलमा करिब २०० मिसाइल आक्रमण गरेपछि यो एडभाइजरी जारी गरिएको हो ।
















सुनचाँदीको मूल्य व्यापक वृद्धि, आज कारोबारको मूल्य कति ?
अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीसँग बजेटबारे छलफल गर्दै रास्वपा सांसद
इरानको सपिङ सेन्टरमा आगलागी आठ जनाको मृत्यु
सशस्त्र प्रहरी बलका १८ जबान बिना सूचना सम्पर्कबिहीन (नामावली)
नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया