इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह भारतले जारी गर्याे एडभाइजरी

काठमाडौँ । भारतीय विदेश मन्त्रालयले इरानका लागि भारतीय नागरिकका लागि ट्राभल एडभाइजरी जारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको एडभाइजरीमा भारतीय नागरिकहरूलाई इरानको गैर-आवश्यक यात्रा नगर्न सल्लाह दिइएको छ । हाल इरानमा रहेकाहरूलाई सतर्क रहन र तेहरानमा रहेको भारतीय दूतावाससँग सम्पर्कमा रहन अनुरोध गरिएको छ ।
परराष्ट्र मन्त्रालयले पश्चिम एसियाका सम्बन्धमा पनि एडभाइजरी जारी गरेको छ । यसमा भारत सरकार पश्चिम एसियाको सुरक्षा अवस्थाप्रति चिन्तित रहेको उल्लेख गरिएको छ । यसमा नागरिकको सुरक्षाका लागि संयम अपनाउन अपिल गरिएको छ । साथै वार्ता र कूटनीतिबाट सबै समस्या समाधान गर्न आह्वान गरिएको छ ।
मंगलबार इजरायलस्थित भारतीय दूतावासले पनि भारतीय नागरिकका लागि एडभाइजरी जारी गरेको थियो । जसमा इजरायलमा बस्ने भारतीयहरूलाई सतर्क रहन र सुरक्षा सम्बन्धी प्रोटोकलहरू पालना गर्न भनिएको थियो ।
मंगलबार राति इरानले इजरायलमा करिब २०० मिसाइल आक्रमण गरेपछि यो एडभाइजरी जारी गरिएको हो ।












चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
भक्तपुर २ को उम्मेदवारमा एमाले सचिव महेश बस्नेत सर्वसम्मत सिफारिस
प्रतिक्रिया